फेरी बढ्यो पेट्रोलियम पदार्थमा मूल्य
काठमाडौं – पेट्रोलियम पदार्थमा फेरी मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक्-एक रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो । निगमको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।
असार १६ गते मात्र पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको थियो । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया