रिपोर्ट आउन ढिलो भएको विरोधमा सडकमा निस्किएर प्रदर्शन

एटुजेड समाचार

दाङ – पीसीआर परीक्षण रिपोर्ट दिन ढिलो गरेको विरोधमा दाङको घोराहीस्थित रझेना मावि क्वारेन्टिनमा बसेकाहरु बाहिर सडकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरु रझेनाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आएर प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले सोमबार साँझ करिब ४०–५० जना व्यक्तिहरुले प्रतिष्ठान अगाडि विरोध प्रदर्शन गरेको र सम्झाइ बुझाइ गरेपछि फर्किएको बताए ।

उनीहरुले छिटो पीसीआर रिपोर्ट दिन र छिटो आफूहरुलाई घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले रिपोर्ट ढिला हुँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिइसकेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु