विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ९१ लाख ८७ हजार २ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन् ।
संक्रमित मध्य सबै भन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ८८ हजार एक सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३१ हजार ४ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि ब्राजिलमा सबै भन्दा धेरै संक्रमित रहेका छन् । ब्राजिलमा अहिलेसम्म ११ लाख ११ हजार ३ सय ४८ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा २४ हजार ३ सय ५८ जना संक्रमित थपिएका छन् । यस्तै रसियामा ५ लाख ९२ हजार २ सय ८०, भारतमा ४ लाख ४० हजार ४ सय ५०, बेलायतमा ३ लाख ५ हजार २ सय ८९, स्पेनमा २ लाख ९३ हजार ५ सय ८४ तथा नेपालमा ९ हजार ५ सय ६१ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार ३ सय ७ रहेका छन् । सबै भन्दा बढी अमेरिकामा एक लाख २२ हजार ६ सय १० जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ब्राजिलमा ५१ हजार ४ सय ७, रुसमा ८ हजार २ सय ६, भारतमा १४ हजार १५, बेलायतमा ४२ हजार ६ सय ४७, स्पेनमा २८ हजार ३ सय २४, इटलीमा ३४ हजार ६ सय ५७, मेक्सिकोमा २२ हजार ५ सय ८४, फ्रान्समा २९ हजार ६ सय ६३ र नेपालमा २३ जनाको कोरोनाबाट ज्यान गएको छ ।