बुटवल – बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन्। बुटवल -गुल्मी सडक अन्तर्गत पाल्पाको तानसेन नगरपालिका- ११ सम्मवारीमा गएको पहिरोमा ती गाडी पुरिएका हुन्।
रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो। अवरूद्ध सडकमा पहिरो हटाइरहेका बेला आज (सोमबार) दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको हो ।
ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकले माटोले पुरिएका छन्। घटनास्थलबाट ३ जनाको उद्धार गरिएको र कम्तिमा एकजनाको मृत्यु भएको प्रहरीले बताएको छ।