संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा

एटुजेड समाचार

पोखरा – गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । सांसद गुरुङले कामै नभएको बेकामको समितिमा बसिरहनु औचित्य नदेखेकाले समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् ।

समितिको काम अनुगमनमा सीमित रहेको र अनियमितता देख्दा कारवाही गर्ने अधिकार पनि नरहेको भन्दै उनले  सभापति  कोइरालालाई राजीनामा बुझाएका छन् । ठेक्कापट्टामा मन्त्रीका नजिकका मान्छे इन्जिनियर राखेको र क्रसर उद्योग, विकास निर्माणमा भएका अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकाले राजीनामा दिएको उनले बताए ।

विकास निर्माणमा भइरहेका अनियमितता र बेथिति रोक्न नसक्दा आफूलाई लाज लागेको  भन्दै उनले राजीनामा  दिएका छन्

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु