थप ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो

एटुजेड समाचार

काठमाडौं – नेपालमा थप ५३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय ३५ जनामा कोरोना देखिएको हो । नयाँ संक्रमित हुनेमा ४६१ पुरुष र ६४ जना महिला रहेका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ पुगेको छ । जसमा ८९४ महिला र ८ हजार ६६७ जना पुरुष रहेका छन् । योसँगै बाग्मती प्रदेशको रसुवा बाहेक अन्य ७६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु