नवलपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

चितवन – नवलपुरमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य १४ जना बुलिङटारका रहेका छन् भने २ जना गैंडाकोटका हुन् । भरतपुर अस्पतालका अनुसार बुलिङटार ३,४,५ र ६ का ४५,१८,४०,२०,२६,३२,२९,२०,२१,२०,२१,२१,२४ र २४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै गैंडाकोट १७ का ३५ र २८ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु