प्रधानमन्त्री ओलीले भने – बेसारको मजाक उडाउनु पर्दैन, सबैको भान्छामा प्रयोग भएकै छ

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको भान्छामा प्रयोग हुने बेसार, लसुन अदुवाजस्ता औषधीय गुणका चिजहरूको मजाक उडाउन नपर्ने बताएका छन् ।

कोरोना भाइरससँग जुध्न बेसार उपयोगी हुने र यसले रोगप्रतिरोधी क्षमता बढाउने भन्दा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो । कतिपय युवाहरूले बेसार दलेर प्रधानमन्त्रीको विरोध प्रदर्शन समेत गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बोल्दै बेसार, अदुवा, ज्वानो, मेथी, लसुन आदि भान्छामा प्रयोग हुने पदार्थमा औषधीय गुण हुने दोहोर्‍याएका हुन् ।“आफ्नो भान्छामा के–के चिज प्रयोग हुन्छ, ती किन प्रयोग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको चर्चा गर्दै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु