गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५०४ पुग्यो

एटुजेड समाचार

पोखरा – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बाग्लुङमा ९ जना, म्याग्दीमा ४, तनहुँ र पर्वतमा समान एक-एक जना कोरोना संक्रमित थपिएका हुन् । बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङकै ढोरपाटन नगरपालिकामा एक पुरुष, काठखोला गाउँपालिकामा ३ पुरुष र बाग्लुङ नगरपालिकामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दीको रघुगंगा नगरपालिकामा दुई महिला र एक पुरुष, मंगला गाउँपालिकामा एक पुरुष, तनहुँको ॠषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा २ पुरुषमा कोरोना देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५०४ पुगेको छ । संक्रमित सबैलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु