एमसिसीको बिरुद्दमा भरतपुरमा शान्तिपूर्ण प्रदर्शन हुने

एटुजेड समाचार

चितवन – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा चितवनमा प्रदर्शन हुने भएको छ । चितवनका युवाहरुको समुहले सोमबार एमसिसी खारेजको माग गर्दै प्रदर्शन गर्न लागेका हुन् ।

सामाजिक दुरी कायम गर्दै भरतपुरको चौबोसकोठीमा बिहान १० बजे शान्तिपूर्ण तरिकाले प्रदर्शन गरिने एक युवा सन्तोष पन्तले जानकारी दिए । एमसिसी राष्ट्रघाती भएको भन्दै शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन उनले सम्पूर्ण चितवनबासीलाई आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू