बंगलादेशका क्रिकेटर मोर्ताजालाई पनि कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

एजेन्सी – बंगलादेशका राष्ट्रिय क्रिकेटर मोसरफ मोर्ताजालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् । मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु