अग्रज शिक्षक नेता अधिकारीको निधन

एटुजेड समाचार

चितवन – तत्कालिन माओवादीको आक्रमणबाट घाईते भई गोरखा जिल्लाबाट बिस्थापित भएका नेपाल शिक्षक संघका अग्रज नेता यदुप्रसाद अधिकारीको निधन भएको छ । अधिकारीको आज भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित निजी निवासमा निधन भएको हो ।

उनी गत भदौदेखि क्यान्सर रोगबाट ग्रस्त थिए । वि.सं. २०१० साल फागुन १५ गते हालको अजिरकोट गाउँपालिका वडा नम्बर ३ लप्सिकोट उनको जन्म भएको हो । बि. सं. २०५२ सालमा तत्कालिन माओवादीले संघातिक आक्रमण गरे पछि गम्भिर घाईते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरि उपचार गरिएको थियो ।

तत्कालिन समयमा उनी स्थानीय ज्ञानज्योती माविको प्राचार्य थिए । शिक्षक संघका पुराना एबं अग्रज नेता अधिकारी निवृत्त जिवन पश्च्यात नेपाली काङ्ग्रेसको बिभिन्न पदमा रहेर काम गर्दै आएका थिए । उनका एक श्रीमती र तीन छोरा रहेका छन् । उनको आजै देवघाटमा अन्त्यष्टि गरिदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु