काठमाडौं – नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले थप १७६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको जानकारी दिएको हो । कोरोना निको हुनेमा पुरुष १४३७ र महिला १४१ जना रहेका छन् ।
