सम्बन्ध, सम्झौता र हिंसा

पूजा भुषाल,
२१औ शताब्दिका हामी छोरी तर अझै पनि हाम्रो परिवार भित्र छोरी जन्मिएकै कारण एक महिला हिंसाको सिकार हुने गरेको पाइन्छ। पेट्मा हुदाँ देखिनै केही परिवारले छोरीमाथी शुरु गर्ने भेदभावको शिलशिला चितामा नजलुन्जेल कायम रहन्छ । माइतीमा रहुन्जेल माइतिकै खटनमा रहने छोरी बिवाहपछि फेरि नया परिवारको संस्कार र खटनमा जानेपनी नजाने पनि, सकेपनी नसकेपनी आफुलाइ ढाल्ने कोसिस गर्दागर्दै जीवन सकिएको पत्तो पाउदिन । बिवाह अघि माइती बिवाहपछि घर, श्रीमान र त्यसपछि बाल बच्चा ! आफ्नो जिन्दगी आफ्नै चाहनामा जिउन नपाउदै उनी चितामा पुग्छिन् । उफ भन्न र गर्न समेत नपाउदै कसरी जीवन सकिन्छ उ स्वयंलाई पत्तो हुदैन। नेपाली संस्कार अनुसार बिवाहको सात फेरोले सात जन्म उसकै हो भन्ने अर्थ राख्दछ, चाहे त्यो सम्बन्धका बिचमा खरो तिक्तता नै किन नहोस। अर्को तर्फ बिवाह यौनका लागि लिगल्ली अप्रुभल प्रकृया झै भएको छ कि जहाँ दुईमा एकलाई अनुचित लाग्दापनी अर्काको खुसिको लागि राजीहुनुपर्छ । मनै नभए पनि एकको खुसिकोलागि अर्कोले सहिदिनु पर्छ। यहाँ मात्र महिलाको सवाल होइन ।
पुरुषहरु पनि म्यारिटियल सेक्सुयल ह्यार्यास्मेन्टमा परेको घट्ना धेरै छन् । नारी जस्तै ट्र्यापमा परेका पुरुषको काहानी पनि कम पिडादायी छैनन् । उनिहरु आफुलाइ बाहेर एक्स्पोज गर्न रुचाउदैनन् । जसका कारण पनि एकिनन तथ्यांक आउन सकिरहेको छैन। के नेपाली समाजमा महिला मात्र पिडित हुन त ? हुदैहोइन यहाँ पुरुष पनि पिडित छन् तर महिलाको संख्या भन्दा कम । सेभ द माइन्ड नामको संस्थाले गरेको एक सर्भेका अनुसार नेपालमा अशिक्षित मात्र होइन शिक्षित नारी पनि उत्तिकै हिंसापिडित छन् । सडकदेखि सदनसम्म नारी पिडित भएकै छन् । एउटी नारिले-बिवाह भएर बच्चा नहुन्जेल श्रीमानबाट माया र संसारकै सबै भन्दा सुन्दरी उनै हुन् जस्तो आभास पाउछिन् । घुमघाम रोमान्स, सपना,योजाना सबै हुन्छ । तर जब बच्चा जन्मिन्छ तब श्रीमतीको शारीरिक बनावट श्रीमानलाई शारीरिक भोगमा असन्तुष्टी लाग्न सुरु हुन्छ। बच्चाको आमा बनेकी श्रीमतीको ध्यान बच्चामा बाडिन्छ ।
एक मेडिकल रिसर्चका अनुसार बच्चा जन्मिएपछि अधिकाशं नारीलाई यौनतर्फ त्यति चाह हुदैन, जुन हर्मोनल कारण हुनसक्छ । कत्तिपय श्रीमानले यो सबै बुझ्दा बुज्दैनन र बुझेपनि बुझ पचाउने गरेको पाईन्छ । केही केस बाहेकमा नर्मल बच्चा जन्माउने आमाहरुको सवालमा घरेलु हिंसा र श्रीमानको अबैध सम्बन्ध भएका घट्ना धेरै आएका हुन्छन।अझ कतिले त घर भित्रको कुरा भनेर धेरै हदसम्म सहेर बस्न बाध्य भएको पनि देखिन्छ। महिला मायाका लागि जन्मिएका हुन बुज्नका लागी होइन। यसरी हेर्दा महिला माथी विवाहपछि पनि यौन हिन्सा भैरहदा लाजले चुप बस्न बाध्य हुन्छन। त्यसो भए जिन्दगिभरी सधै सहेरै बस्ने त? एउटा परिवार खुसी जीवन बिताउन श्रीमान श्रीमती दुबै जना खुसी हुन जरुरी छ। बल्ल परिवार खुसी रहन सक्छ। यदि दुई मध्य एक सम्बन्धमा रहदा खुसी छैन भने सकेसम्न सम्बन्ध बचाउन कोसिस गर्नुहोस् । कसैगरी यो सम्बन्ध दिगो जादैन र सम्झौता गर्दा गर्दै पनि किमार्थ खुसी रहन सक्दिन र नो मोर भन्ने तपाइँलाई महसुस हुन थाल्यो भने त्यो सम्बन्ध त्यही पूर्णबिराम लगाएर बिट्मा रिदिनुहोस । अनि सुन्दर योजना नबिनतम सोच सहित नयाँ जीवन नयाँ उत्साहका साथ अगाडी बढ्नुहोस् । फलानोले के भन्ला मेरो इज्जात के होला ? माइतिको के होला ? पुरुष हुनुहुन्छ तपाईं भने परिवार समाजले के भन्ला?साथी संगीले क सोच्ला? यी सबै कुरा तपाईंले कदपी नसोच्नुहोस् ।
यो तपाइको जिन्दगी हो । कसले के भन्ला भन्ने सोच्न लाग्नु भो भने कालान्तरमा तपाईं डिप्रेसन्को प्यासेन्ट नहुनुहोला भन्ने छैन। जति समयसम्म सहयात्रा गर्दा दुबै खुसी हुनुहुन्थ्यो त्यति समयपछि जब दुबै बेखुसी हुनुहुन्छ भने सम्झौतामा छुट्टिएर एक्लै अगाडि बढेकै बेस । सम्बन्ध बिच्छेदलाई फाइदा काइदाको लागि प्रयोग गर्नु हुँदैन । तर जिन्दगी बर्बाद गर्नु भन्दा कयौं गुणा राम्रो सम्बन्ध बिच्छेदगरि एक्लै यात्रा तय गर्नु हो । कस्ले के भन्ला होइन ,तपाईं ढुक्क हुनुहोस तपाईंको सफलताले पहिला टाढिएका तपाईका आफन्त ईष्ट मित्र सारा तपाईसँगै पछि फर्किने छन्न । सोचौं त हामिले गलत निर्णय लिएर आफुलाई कमजोर साबित गरि मार्दै गर्दा गलत कदम चाल्दै गर्दा सन्तानको भविष्य के हुन्छ? गिट्टी कुटेर खाने आमाहरु मागेर श्रम गरेर एक्लै सन्तान हुर्काएर खुसी बनेकाहरुलाइ हेरेर आफ्नो निर्णय गरे सबैको भलो हुन्छ।।तपाई कदापी अरु भन्दा कमजोर हुनुहुन्न।
तपाई हिंसामा पर्नु भएको छ भने कृपया तपाइले आफ्नो सबै भन्दा नजिकको ब्यक्तीसँग कुरा शेयर गर्नुहोस् । जसले तपाईलाई बाटो पहिल्याउन सहज हुन्छ। लकडाउन यता लगभग थुप्रै आत्म हत्याका घट्ना घाटेका छन ।केही परिवार एक भएर जुट्दैछन त केही परिवार छुट्ने संघारमा पनि छन् । परिवारमा अन्तिम सम्म साथ रहन बिश्वासको खाचो हुन्छ । जुन पछिल्लो पुस्ताको जोडिमा कमि देखिन्छ।भर्चुअल दुनियामा रमाएको पुस्ताले सम्बन्धलाई पनि भर्चुअल बनाउदै गैरहेको छ। जसकारण सम्बन्ध कमजोर देखिन्छन् ।
तपाइँको प्रतिक्रिया