मध्यबिन्दुमा एकसहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

एटुजेड समाचार

नवलपुर – गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमित मध्य एक जना नवलपुरका रहेका छन् । मध्यबिन्दु नगरपालिका स्थायी घर भई नगरपालिकाको क्वेरन्टाइनमा बसेका ४५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका सोही स्थानका ६ बर्षिय बालक, १७ बर्षिय युवती, जलजला गाँउपालिकाका १७ बर्षिय युवक र महाशिला गाँउपालिकाका १६ बर्षिय युवकमा कोरोना संक्रमण देखिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु