चितवन – भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवन र सल्यानका गरी २६३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १८४ र सल्यानका ७९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
भरतपुर अस्पतालबाट परीक्षणको लागि पठाइएको ३४, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ३६ र केलज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेजबाट ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि नारायणी सामुदायिक अस्पतालबाट पठाइएको ५५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । यस्तै चितवन मेडिकल कलेजका ७, रत्ननगर नगरपालिकाका ७ र इच्छाकामनाका ११ जनाको रिपोर्ट पनि नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।