चितवन – चितवनमा पनि लकडाउन खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज मन्त्रिपरिषद्को निर्णय अनुसार कुन-कुन कार्य तथा सेवाहरु संचालनमा गर्न पाईने तथा नपाईने भनी सुचना जारी गरेको छ ।
हाल संचालन गर्न पाईने/नपाईने कार्य तथा सेवाहरु


संचालन गर्न पाईने कार्य तथा सेवाहरु
-स्वास्थ्य सम्बन्धीत सबै सेवा(निजी क्लिनिकसमेत)
-सबै प्रकारका कृषि तथा पशुपन्छी व्यवसाय (उत्पादन देखी बिक्री बितरण सम्मका सबै श्रींखला)
– उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्टल स्टोर
-सबै प्रकारका ढुवानी
– पैदल आवागमन
–साइकल र मोटरसाइकल(एकजना चालक मात्रै रहने गरी )
-जिल्ला भित्र मात्र जोरबिजोर प्रणालीमा संचालन हुने गरी निजी सवारीसाधनहरु ( चालक बाहेक थप २ जना मात्र सवार हुने गरी )
-फोहरमैला व्यवस्थापन
–विद्युत्, दमकल, एम्बुलेन्स, संचार तथा प्रसारण हुलाक सम्बन्धी सेवा
-बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
-नर्सरी र वनजन्य उद्यम
-बिकास आयोजना ( निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
-निर्माण कार्य (निजिसमेत)
– नदी तथा खानिजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रिबितरण (प्रचलित कानुन बमोजिम)
– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
– क्वारेन्टिनका लागि तोकिएका होटल र सवारी साधन
– सरकारी कार्यालय,शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु ( बिहान ८ बजे देखी १ बजे सम्म र १ बजे देखी ६ बजे सम्म २ सिफ्टमा संचालन गर्ने )
– सार्वजनिक तथा जोर बिजोरमा संचालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपोसार गर्न प्रयोग गरिने सवारी साधन ( सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्ने सेनीटाईजरको व्यवस्था गर्ने सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने )
संचालन गर्न नपाईने कार्य तथा सेवाहरु
– शैक्षिक संस्था (विद्यालय,कलेज ट्युसन सेन्टर, तालिम केन्द्र )
– अनुमती प्राप्त गरेका बाहेकका अन्तरराष्ट्रिय तथा आन्तरिक उडानहरु
– तोकिए बाहेकका अर्न्तराष्ट्रिय सिमानाकाबाट हुने आवातजावत
– सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनर
– सबै प्रकारका प्रर्दशन भेला सम्मेलन
– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरन्जन स्थल
– सार्वजनिक पुस्तकालय, संग्राहालय, चिडियाखाना
– स्पा,सैलुन तथा ब्युर्टिपार्लर
– स्विमिङ पुल, जिमखान लगायतका हेल्थ क्लव
– सपिङ मल
– समुहमा खेलिने खेलकुद, खेल मैदान हुने प्रस्तुती
– सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
– यात्रु बाहक सार्वजनिक सवारी साधन (पर्यटन सवारी साधन समेत )
– जिल्ला भित्र मात्र जोरबिजोर प्रणालीमा संचालन हुने निजी सवारी साधन बाहेक अन्य सवारी