थप ४ सय ४८ जनामा देखियो कोरोना , संक्रमितको संख्या पाँच हजार नाघ्यो

एटुजेड समाचार

काठमाडौं – नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज मात्रै ४ सय ४८ जनामा कोरोना देखिएको हो । संक्रमित हुनेमा ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका २९, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, ईलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङ्जाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५,बाकेँका १, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४,दाङका ८, दैलेखका ३६ जना रहेका छन् ।

त्यसैगरी सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्द्रेहीका १६, बाराका १,नुवाकोटका १, रौतहटका ८६ र काठमाडौंका १ जनामा आज कोरोना देखिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु