चितवन – चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित सबै १९, २५, २७,२७, ३४, ४५, ४७,५१, बर्षका पुरुष रहेका छन । यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


भरतपुर प्रयोगशालामा जेठ २८ र २९ गते संकलन गरिएको १९७ वटा स्वाब नमुना परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यस्तै अन्य १८९ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । परीक्षण गरिएका नमुनाहरु मध्ये माडीको क्वारेन्टिनको ८५ वटा, भरतपुर अस्पतालको २९ वटा, खैरहनी नगरपालिकाबाट ११ वटा, भरतपुर मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ५ वटा, देवघाट तनहुँबाट १५ वटा र राप्ती नगरपालिकाबाट १५ रहेका छन् ।