अभिभावकको सहयोगले एक बालकको व्यवहारमा आएको परिवर्तन

एटुजेड समाचार

केशव प्रसाद रेग्मी,

कुनै ठाउँमा धेरै बर्ष पहिले एउटा घरमा बाबु र छोरा बस्थे । उक्त घरमा महिला कोही पनि थिईनन् । छोरा जन्मनासाथ आमाको देहान्त भएको थियो।बाबुले नै छोराको पालन पोषण तथा शिक्षा दिक्षामा कुनै कसुर बाँकी राखेका थिएनन् ।

बाबु कुनै बिश्वबिद्यालयको नीतिशास्त्रको प्राध्यापक थिए । छोरो माध्यमिक तह पढ्दैथियो।छोरा घमण्डी, स्वार्थी र लोभी थियो। घरको काम बाबुले नै गर्नु पर्दथ्यो । छोरोले स-सानो काम बल्लतल्ल सघाउथ्यो। विश्वविद्यालय र विद्यालय दुबैमा लामो बिदा हुने दिन आएको थियो ।

छोराको बानी ब्यहोराका कारण साथीहरुको साथ छुटेको थियो। बिदाको समयलाई छोराको बानी ब्यहोरामा परिवर्तन ल्याउन उपयोग गर्ने सोच बाबुलाई आएछ।

पहिलो दिन : देखेको सबै सत्य हुदैन

बाबुले दुबै जनाको लागि चाउचाउ र अण्डाको खाजा बनाएर एउटा कचौरामा माथी अण्डा र चाउचाउ अर्को कचौरामा माथी चाउचाउ र त्यस्ले छोपेको नदेखिने गरि दुइटा अण्डा राखेर डाइनिङ टेबलमा राखी छोरालाइ रोज्न लगाएछ्न् ।

छोरो स्वार्थी लोभी भएकोले देख्ने बित्तिकै प्रष्ट अण्डा भएको कचौरा लिएर खान थाल्यो र आफुले आफैलाइ बधाइ दियो अण्डा बढी पाएकोमा। बाबुले अर्को कचौरा लिएर मुसुमुसु हाँस्दै छोरातिर फर्केर खादैथिए र छोरोले बुबा किन हाँस्नु भएको भनी सोध्दा बाबुले दुई वटा अण्डा खोतलेर देखाइदिए । छोरोले मनमनै मलाई आज एउटा अण्डा घाटा लाग्यो भनी मन खुम्च्यायो । खाजा खाएपछि बाबुले छोरोलाइ सम्झाउदै भने देखेका सवै कुरा सत्य हुदैनन् । त्यसर्थ भोलि देखि तिम्रो यो व्यबहार परिवर्तन भएको देख्न चाहान्छु भनी बाबुले छोरोलाइ उपदेश दिए र छोरोले पनि प्रतिवद्द्ता ब्यक्त गर्यो।

दोश्रो दिन पनि फेरि खाजा खाने बेला आयो । बाबुले अघिल्लो दिनको जस्तै एउटा कचौरामा चाउचाउ र त्यसमाथी अण्डा र अर्को कचौरामा चाउचाउ मात्र तयार गरि टेबलमा राखे र छोरोलाइ एउटा रोज्न लगाए । छोरोले हिजो घाटा परेको अण्डा हात पार्न आतुर हुँदै अण्डा नभएको चाउचाउको कचौरा लियो र भित्र खोतल्न लाग्यो । तर त्यसमा अण्डा नभएको देखेर छोरा अचम्भित भयो । बुबाले एउटा अण्डा भएको कचौरा लिदै खाए र छोरोलाइ भने अनुभवमा मात्र भर परेर जीवनमा बिजय हासिल गर्न सकिँदैन तसर्थ सोच बिचार गरेर अगाडि बढ्नु पर्छ ।

तेस्रो दिन फेरि पनि खाजा खाने बेला भयो । छोरो पहिले भन्दा निकै गम्भीर मुद्रामा शान्त भएर सोच मग्न थियो । यहि बेला बाबुले पहिलो दिनको झै दुई वटा कचौरामा खाजा तयार गरि टेबलमा राखे र छोरोलाइ रोज्न लगाए तर छोरोले बुबासँग मलाई लोभ घमण्ड गर्नु छैन हजुरले नै रोज्नु र बाँकी म खाउलाँ भन्यो । बाबुले एउटा माथी राखिएको अण्डा र चाउचाउ रोजेर खाए यद्यपि अर्कोमा चाउचाउले छोपेको अण्डा आफैले राखेका थिए । छोरोले अण्डा पहिले जस्तै खान नपाउने भए भनेर अण्डा नभएको कचौराको चाउचाउ रोज्यो र खान थाल्यो । खादा खादै भित्र दुई वटा अण्डा देखेर खुशी भयो । बुबाले सम्झाए -अरुको भलो चितायौ भने तिम्रो पनि भलो हुन्छ ।

यसरी छोरोले बाबुको अर्ति उपदेश दिन प्रतिदिन व्यबहारमा उतार्दै जान थाल्यो र पछि गएर त्यो बालक देशको राष्ट्रपति भयो । देशको बिकास निर्माण र जनताको सुख दु:खमा साथ दिने महान ब्यक्ती बन्यो । आफ्नो सारा धन सम्पती राष्ट्रको नाममा बुझाइदियो। यो कथाले उजागर गर्न खोजेको तीनवटा बिषयबस्तुलाइ अभिभावकले बालबालिकालाई व्यबहारमै सिकाएमा कस्तो नतिजा आउला?एक पटक बिचार गरौ ,अहिले लकडाउनमा उपयोगी नै

१.देखेका सवैकुरा सत्य हुदैनन।
२.अनुभवले मात्र सफलता प्राप्त हुदैन।
३.अरुको भलो चिताएमा आफ्नो पनि भलो हुन्छ।

 

(लेखक रेग्मी श्री सरस्वती माध्यमिक बिद्यालय ठोरी २ का प्रधानाध्यापक हुन् ।)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु