कामठाडौं – सरकारले लकडाउन केही खुकुलो बनाएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले लकडाउनल खुकुलो बनाउदै सरकारले मोटरसाइकल चलाउन दिने भएको छ ।
तर मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउनेछन् ।



त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।