अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण
चितवन – अभिनेत्री निरिशा बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी निरिशालाई कोरोना संक्रमण देखिएको हो ।
हाल मुम्बईमा रहेकी निरिशाले इन्टाग्राममार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएकी छिन् । रिपोर्ट पोजिटिभ आएपछि उनको अस्पतालमा उपचार भइरहेको छ । उनको मुम्बईको कोकिला अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।
कलाकार विश्व बस्नेतकी छोरी निरिशा ‘जानी नजानी’ प्रदर्शन भए लगत्तै भारत गएकी थिईन् । भारतमा रहेर उनले विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । उनले बलिउडमा प्रवेशका लागि संघर्ष गरिरहेकी छिन् ।
तपाइँको प्रतिक्रिया