काठमाडौं – बीमा समितिले कोरोनाको बिमा स्थगन गर्ने निर्णय फिर्ता लिएको छ । विहिबार समितिले एक विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि कोरोना बिमा स्थगन गर्ने निर्णय लिएको थियो तर सो निर्णय एक दिन पनि वित्न नपाउँदै समितिले फिर्ता लिएको छ ।
सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुनेछ । यसअघि कोरोना संक्रमितको संख्या धेरै भएकोले बिमा कम्पनीहरुले भार धान्न नसक्ने अवस्था सिर्जना भएको भन्दै कोरोना बीमा स्थगित गरिएको थियो ।

