लकडाउन खुकुलो बनाइदै: कस्ता सेवाहरु खुल्छन्, कस्ता खुल्दैनन् ?

एटुजेड समाचार

काठमाडौं – सरकारले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाइरहेको छ । एक सयभन्दा कम कोरोना संक्रमित भएका सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने सरकारको तयारी छ ।

लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएसँगै सरकारले कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई शनिवारसम्म प्रस्ताव तयार गर्न जिम्मा दिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले लकडाउन खुकुलो बनाउने बारे छलफल गरिरहेको छ । छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ । समितिको प्रस्ताव बारे आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

यसरी खुकुलो बनाइदै छ लकडाउन :

१) जेठ २५ गतेदेखि १ मिटरको भौतिक दूरी राखेर उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने

२) जेठ २५ गतेपछि डिमार्टमेन्ट स्टोर कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु मापदण्ड अनुसार खोल्ने

Forbes

३) जेठ २५ देखी छोटो दुरी र असार १ देखी लामो दुरीको सवारी चलाउने

४) कार्यालयको परिचपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने

५) असार १ देखी सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, खोल्ने

६) निश्चित समय तोकेर मदिरा पसलहरु खोल्न दिने

७) असार १७ देखी अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु. सबै प्रकारका शिक्षण संस्थाहरु ठाउँ हेरेर खोल्ने

८) असार १७ पछि रेष्टुरेन्ट तथा खाजा घरहरु खोल्ने

९) सभा समारोह, उत्सव, भोज भतेर, २५ जनाभन्दा बढी भेला कार्यक्रम, सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि नखोल्ने

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु