कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित
जेनेभा स्वट्जरल्याण्ड – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ भने, संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ५३ हजार २११ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ५९ हजार ११३ व्यक्ति उपचाररत रहेका छन् ।
संक्रमितहरुमा ५५ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख २४ हजार १८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार १७९ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा १० लाख ३० हजार ६९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४६ हजार ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ८० हजार ८५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३१ हजार ९९० जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ४५ हजार ७७१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ११८ को मृत्यु भएको छ । एसियामा १२ लाख ६६ हजार ५०४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार १४४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ७२ हजार १८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ७८३ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ । रासस ÷एएफपी
तपाइँको प्रतिक्रिया