स्थानीय उत्पादन प्रमाणित गरेर मात्र अन्य जिल्लामा तरकारी पठाउन चितवन प्रशासनको आग्रह
चितवनमा उत्पादित तरकारी स्थानीय उत्पादन भएको प्रमाणित गरेर मात्र अन्य जिल्लामा ढुवानी गर्न प्रशासनले आग्रह गरेको छ । आज (बिहीबार) एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लामा ढुवानी गर्नुपुर्व स्थानीय उत्पादन भएको प्रमाणित गर्न आग्रह गरेको हो ।
प्रशासनले सम्बन्धित वडाबाट स्थानीय उत्पादन भएको प्रमाणित गर्न आग्रह गरेको छ । “अन्य जिल्लामा लैजाने तरकारी फलफुल ढुवानी गर्नुपुर्व चितवनको स्थानीय उत्पादन भएको व्यहोरा सम्बन्धित स्थानीय तह (वडाकार्यालयहरु) बाट प्रमाणित गराई ढुवानी गर्नुहोला” जारी सुचनामा भनिएको छ । यस्तै प्रशासनले तरकारी फलफुल र पशुपंक्षी जन्य उत्पादनको ढुवानीमा अवरोध नगर्न अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया