प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिव र ५ मर्यादापालकलाई कोरोना संक्रमण
जनकपुरधाम – प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो ।
१६ गतेको प्रदेश सभाको बैठक अघी प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो । उनिहरु मध्य मन्त्रीका स्वकीय सचिव र ५ जना मर्यादापालक (प्रहरी) लाई कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले एटुजेड समाचारलाई जानकारी दिए ।
उनिहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । मन्त्रीका स्वकीय सचिव र मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज (बिहीबार) ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
तपाइँको प्रतिक्रिया