बालमन्दिरलाई जग्गादिने गोमायाको ९० वर्षमा निधन

एटुजेड समाचार

भरतपुर ,२२ ,जेठ। चितवनको बालमन्दिरका लागि जग्गा दान गर्नुभएकी भरतपुर निवासी जमिन्दार्नी गोमाया अधिकारीको ९० वर्षको उमेरमा निधन भएको छ । दमको विरामी कारण उहाँको मंगलवार राति आफ्नै निवास भरतपुर १० मा निधन भएको परिवारजनले जानकारी दिएको छ । उहाँसहित उहाँको २०३२सालमा दिवंगत उहाँ र श्रीमान ले बालमन्दिर का लागी २ विघाह ६ कठ्ठा जग्गा दान गर्नु भएको थियो । उहाँको श्रीमान गोविन्दनाथ अधिकारी जमिन्दारका रुपमा परिचित हुनुहुन्थ्यो ।

उहाँले २००८ सालमा भरतपुरका जमिन्दार लालमान कुमालका सबै जग्गा किन्नु भएको थियो । त्यसपछि उहाँलाई पनि तत्कालिन समाजले जमिन्दारका दर्जा दिएको थियो । उहाँको श्रीमती गोमायालाई पनि सबैले जमिन्दार्र्नी भनि चिन्दथे भने परिवार जमिन्दारका सन्तानको रुपमा चिनिन्छन् ।हालको भरतपुर मावि स्थापनामा धेरै योगदान दिनुभएका जमिन्दार गोविन्दनाथ त्यसविद्यालयको सस्थापक कोषाध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँहरुले विद्यालयका साथ साथै पाटी ,पौवा ,धर्मशालाहरु पनि निमार्ण गर्नु भएको छ । जमिन्दार गोविन्दनाथ अधिकारीको २०५३ सालमा नै निधन भएको हो । उहाँहरु २००४ सालमा कास्कीबाट बसाईसराई गरि चितवन आउनु भएको थियो । वैदिक धर्म परिषद् चितवनका आजिवन सदस्य गोमायाका ३ छोरा , ३ छोरी रहनु भएकोमा एक छोरा र एक छोरी दिवंगत हुनु भइसकेको छ । स्व गोमायाको वैदिक परम्परा अनुसार वुधवार नै देवघाटमा अन्तेष्टि गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु