भरतपुरमा रोकिराखेको बसमा आगलागी

एटुजेड समाचार

चितवन – भरतपुरमा रोकिराखेको बसमा आगलागी भएको छ । केन्द्रिय बस ट्रमिलन भरतपुरमा रोकिराखेको ना५ख५०६५ नं बसमा आज (बिहीबार) अपरान्ह ४ बजे आगलागी भएको हो ।

भरतपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । आगलागीका कारण बस पूर्ण रुपमा क्षति भएको छ । बसमा यात्रु नभएकोले मानवीय क्षति भने भएको छैन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु