कोरोनाबाट पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यु, मृतक संख्या १० पुग्यो

एटुजेड समाचार

काठमाडौं –  कोरोनाबाट थप एक जनाको मृत्‍यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पा पुर्व खोला गाँउपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको मिसन अस्पताल पाल्पामा उपचारका क्रममा मृत्यु हो । ती पुरुष भारतबाट ५ दिन अगाडी नेपाल आएका थिए । उनलाई स्वास्प्रस्वासको समस्या रहेको थियो ।उनी भारतबाट आएपछी स्थानिय क्वारेनटाइनमा बसेका थिए पछी उनको स्वास्थमा समस्या देखिन थालेपछी उनलाई अस्पताल लगिएको थियो । उनको जेठ २० गते मृत्‍यु भएपछी स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु