एका बिहानै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा – गण्डकी प्रदेशमा एका बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित थपिएका हुन् ।
बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २२ र २९ का २ जना पुरुष र ३३ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको छ । यस्तै, बडीगाड गाउँपालिका ठेगाना भइ सोहि पालिकाको क्वारेन्टाइनमा बसेका १६, २०, २१ र २५ वर्ष उमेर समुहका ४ जना पुरुष र बागलुङकै गल्कोट नगरपालिका क्वारेन्टाइनमा बसेका २०, २२ र २३ का ३ पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उता स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १८ वर्षीय १ जना पुरुष, पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका २१ र २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिका ठेगाना भइ कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका २४ र २८ वर्ष उमेरका २ जना पुरुष, म्याग्दीको मंगला गाउँपालिका ठेगाना भई सोही पालिका स्थित क्वारेन्टाइनमा बसेका १९ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
तपाइँको प्रतिक्रिया