कोरोनाका बिरामीमाथि पुनः सुरु हुनेछ हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल

एटुजेड समाचार

एजेन्सी – विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ । कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ ।

एक अनुसन्धान रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्विनमा प्रश्न उठाइएको थियो, त्यसपछि डब्ल्यूएचओले यसको क्लिनिकल ट्रायल रोकेको थियो । समीक्षापछि पुनः क्लिनिकल ट्रायल सुरु गरिँदै छ । यो ट्रायल ३५ देशका कोरोना बिरामीमाथि भइरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारमा यो औषधी प्रयोग गर्न सकिन्छ भनेका थिए । यस्तै टर्कीले पनि आफ्नो बिरामीहरुको उपचारमा यो औषधीको प्रयोग गरेको र नतिजा उत्साहजनक रहेको बताएको छ ।

स्रोतः बीबीसी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु