लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारीमा सरकार
काठमाडौं – सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ । यसैक्रममा आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् ।
कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् । सरकारले लकडाउन गरेको ७२ दिन पुरा भइसकेको छ ।
तपाइँको प्रतिक्रिया