चितवनमा रोबर्ट र ड्रोनबाट एमसीसीको विरोध गर्दै खारेजीको माग
चितवन – अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खारेजको माग गर्दै क्लेम द बोर्डर ग्रुपले रोबर्ट र ड्रोनद्वारा विरोध गरेको छ । सरकारले संसदमा पेश गरेको एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै क्लाइम ग्रुपले आज (मंगलबार) चितवनमा रोबर्ट र ड्रोनद्वारा एससीसीको विरोध गरेको हो ।
कार्यक्रममा उनिहरुले भारतीय सेना नेपाल छोड, नेपाल सरकार सीमा जोड, एमसीसी खारेज गर ,जस्ता नारा लगाएका थिए । आन्दोलनमा दुई वटा रोबर्ट र दुई वटा ड्रोनको प्रयोग गरिएको क्लेम द बोर्डरका अभियान्ता अमृत कार्कीले बताए।
बुधबार पोखरामा पनि रोबर्ट र ड्रोनद्वारा विरोधको कार्यक्रम रहेको उनले जानकारी दिए । विश्वभरी फैलिएको कोरोना भाइरस(काभिड –१९)का कारण सरकारले जारी गरेको लकडाउनको पालना गर्दै शान्तिपूर्ण रुपमा आधुनिक तरिकाबाट सरकारले पारित गर्ने तयारीमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेकाले विरोध गरेको ग्रुपले जनाएको छ ।
क्लेम द बोर्डर ग्रुपले यसअघि पनि पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता झलनाथ खनाल लगाएत अन्य व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत भारतले मिचेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी तथा मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा प्रत्यक्ष छलफल समेत गरेको थियो।
तपाइँको प्रतिक्रिया