सिरहाका एसपीको सुरक्षा गार्ड र चालकलाई कोरोना
काठमाडौं – सिरहाका दुई प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाशंकर चर्तुवेदीका बडी गार्ड र सवारी चालकमा कोरोना संक्रमण भएको हो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले ३० वर्षीय सुरक्षा गार्ड र ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताए । सुरक्षागार्ड र सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि प्रहरी प्रमुख एसपी अहिले होम क्वारेन्टाइनमा बसेका छन्।
संक्रमित देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेका १६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ। सिडियो, सहायक सिडियो र एसपीको स्वाब, थ्रोट संकलन गरिएको र त्यसको रिपार्ट नआउदासम्म उनीहरु होम क्वारेन्टाइनमा बसेका छन्। एसपीको बडी गार्डको सम्पर्कमा रहेकाहरुको खोजी भइरहेको छ ।
तपाइँको प्रतिक्रिया