भारतीय साथीलाई कसरी मुख देखाउनु भनेपछि विवादमा मुछिईन् बर्षा
चितवन – चर्चित अभिनेत्री बर्षा राउत विवादमा तानिएकी छिन् । सामाजिक सन्जाल फेसबुकमा सीमाको बिषयमा दिएको एउटा अभिव्यक्तिको कारण बर्षा विवादमा तानिएकी छिन् ।
नेपाल भारतबीचको सीमा विवादको बिषयमा बर्षाले अभिव्यक्ति दिएको भिडियो क्लिप अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने भनेर दिएको अभिव्यक्तिले बर्षालाई विवादमा तानेको हो ।
उनले भनेकी छिन् ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’
सोही भिडियोमा उनले अगाडि भनेकी छिन्, ‘ मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’ यही अभिव्यक्तिको कारण नै उनी अहिले विवादमा मुछिएकी हुन् ।
यस्तो अभिव्यक्ति आएपछि धेरै उनको फेसबुकमा इन्स्टाग्राममा आलोचना गरेका छन् । फेसबुकमा कतिपयले ‘लिपुलेक फिर्ता दे, बर्षा राउत लैजा’ सम्म भन्न भ्याएका छन् । यस्तै कतिपयले मनिषा कोइराला देशको बिषयमा बोल्दा बर्षाको यस्तो अभिव्यक्ति आउनु लज्जास्पद भएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया