आलमको भाइ पक्रिन जाँदा स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा १२ राउन्ड हवाइ फायर
राजपुर – रौतहट बम विष्फोट तथा सामुहिक हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको घरमा प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।
हाल कारागारमा रहेका अफताव आलमका भाइ पक्रिन जाँदा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीका अनुसार २०६४ सालमा राजपुरमा भएको बम विस्फोटमा अफतावका भाइ मेहेताब आलम पनि एक मुख्य अभियुक्त रहेको थियो ।
राजपुरस्थित उनकै घरमा रहेको सूचना पाएर बिहीबार राति प्रहरी टोली पुग्दा स्थानीयले अवरोध गरेपछि बाध्य भएर १२ राउन्ड हवाई फायर गर्नुपरेकाे रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविराज खड्काले बताए । तर प्रहरीले आलमका भाईलाई फेला पार्न सकेन ।
रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री आफतावका भाइ मेहेताब हाल फरार छन्।
तपाइँको प्रतिक्रिया