भरतपुरमा पहिलो पटक भेटिए कोरोना संक्रमित
चितवन – भरतपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षाणमा भरतपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर ६ गीतानगर केसरबागका ७४ बर्षिय पुरुष र ७३ बर्षिया महिला (श्रीमती) मा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले बताए । भरतपुर महानगर भित्र उनिहरुमा पहिको पटक कोरोना पुष्टि भएको हो ।
संक्रमित दुबै जना भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराएर घर फर्किएका हुन् । भरतपुर ६ का वडाध्यक्ष हरिबिलास कोइरालाका अनुसार उनिहरु जेष्ठ ३ गते भारतबाट घर आइपुगेका थिए । उनिहरु घर आएपछि सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बसेको अध्यक्ष कोइरालाले बताए ।
यस अघि बेलायतबाट आएका राप्ती नगरपालिका ८ का २७ बर्षिय पुरुष र ६३ बर्षिया महिला (आमा) मा कोरोना देखिएको थियो । उनिहरु दुबै जना निको भएर घर फर्किसकेका छन् ।
तपाइँको प्रतिक्रिया