चितवन – चितवनमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका ६ केसरबागका ७४ बर्षिय पुरुष र उनकी श्रीमती ७३ बर्षिया महिलामा कोरोना पुष्टि भएको हो । उनिहरु भारतबाट क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनिहरुसंगै भारत गएका छोराको रिपोर्ट भने नेगेटिभ आएको छ ।
