भारतलाई चिढ्याउने सरकारको गतिविधि ठीक छैन : डा. बाबुराम भट्टराई
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनापछिको नेपालको अर्थतन्त्र सुधार गरेर लैजान भारतसँगको सम्बन्ध सुधार गरेर लैजानु पर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको डा. भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाएर लगेको खण्डमा लगानी समेत भित्रन सक्ने बताए । उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको बताए ।
‘पछिल्लो समयमा सरकारका अभिव्यक्ति चित्त बुझ्दा छैन, अब सरकारले भारतसँग र चीन सँगको सम्बन्धलाई पनि समान रुपमा लैजान सकियो भने विदेशी लगानी भित्रन सक्छ,’ उनले भने ।
आगामी दिनमा इकोनोमी पावर हाउस भारततर्फ फर्कन लागेकोले अब यसलाई सरकारले चूनौती वा अवसर के काे रुपमा सोच्ने हो त्यो सोची हाल्नुपर्ने बताए । अहिले नेपाल न्यारोनिजम तिर जान खोजेको भन्दै देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँधुरो र संक्रिण चिन्ताले तत्काल समस्याको समाधान खोज्न सकिने बताए । भारत र चीनसँग राम्रो सम्बन्ध विकास गर्न सकेको खण्डमा अवसर आउँछ ।
‘केही समय यताका हाम्रा गतिविधि, सरकारको नेतृत्व गरिरहेको व्यक्तिहरुको कृयाकलापले त्यो अवसरलाई झन गुमाउने र त्रासदी थप्ने सम्भावना मैले देखेको छु,’ उनले भने ।उनले सरकार अब कोरोनापछिको पुनसंरचनामा लाग्नु पर्ने बताए । भारत र चीनसँगको सम्बन्ध विकास गर्न सकेको खण्डमा सजिलो हुने उनको तर्क छ ।
तपाइँको प्रतिक्रिया