बाँके र कपिलवस्तुमा ३ नयाँ संक्रमित थपिए
काठमाडौं – बाँके र कपिलवस्तु जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नैरनापुर ३ का ३२ बर्षिय पुरुष, खजुरा ३ की ४२ बर्षिया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।
तपाइँको प्रतिक्रिया