कैलालीमा करेन्ट लगाएर हत्या गर्ने तीन जना पक्राउ

एटुजेड समाचार

कैलाली – कैलालीमा करेन्ट लगाएर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गत जेठ ५ गते माछा मार्ने क्रममा २१ वर्षीय प्रकाश चौधरीलाई करेन्ट लगाएर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका हुन् ।

उनी कैलालीको जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया कुलोको कुलो नदीमा माछा मारिरहेका थिए । सोही क्रममा ३ जनाले विजुली प्रवाह गरी उनको मूत्यु गराएको प्रहरीले जनाएको छ । टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने ३८ वर्षका डम्वर वहादुर राजी , ३६ वर्षकाका शेर सिह लुहार , ५६ वर्षका भाने साँउद पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध जिल्ला अदालत कैलालीवाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

विजुलीको तारमा करेन्ट प्रवाह गरी ३ जनाले माछा मारिरहेको मौका छोपी हत्या गरिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु