एनपीआईका विद्यार्थीद्वारा सेनिटाईजर वितरण

एटुजेड समाचार

चितवन – नेपाल पोलिटेक्नीक ईचिच्यूटको कृषि तथा भेटेनेरी संकायका बिद्यार्थीहरुले सेनिटाईजर वनाएर बितरण गरेका छन् । सो संकायका समुन्द्र केसीको संयोजकत्वमा अच्यूत मिश्र, मिलन खनाल, प्रकाश पुरी, सुरज गोसाई, आयुष पौडेल, अबिशेक पौडेल, रबिन पौडेल, लक्ष्मण गौतम र केशब रोकायाले सेनिटाईजर वनाएका हुन् ।

सो को फर्मुलेसन र प्राबिधिक सहयोग कृषि तथा वन बिज्ञान विश्व बिद्यालयका उपप्रध्यापक सरोज सापकोटाले गरेका हुन् । उनिहरुले बनाएको सेनिटाईटर आज एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधि, अस्थाई प्रहरी चौकी भोजाड र कृर्षकलाई बितरण गरिएको छ । ईचिच्यूटका प्राचार्य ईन्जिनियर बाबुराम उपाध्यायले सेनिटाईजर हस्तान्तरण गर्नु भएको पूर्ब बिद्यार्थी सचेत सुवेदीले जानकारी दिए ।

बिद्यार्थीले एक सय लिटर तयार गरि बिभिन्न संघ संस्था र व्यक्तिलाई बितरण गर्ने जनाएका छन् । आज सम्म तयार भएका सेनिटाईजर ति संस्थालाई हस्तान्तरण गरिएको हो । ईचिच्यूट र सत्कार भेट सेन्टर दमौलिले आबश्यक सामाग्री उपलव्ध गराएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू