कच्चा पदार्थको अभावमा काम विहिन भए भरतपुर कारागारका कैदी वन्दी
चितवन – कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदी वन्दीहरु अहिले फुर्सदिला भएका छन् । सधै व्यस्त रहने कैदी वन्दीहरु लकडाउन संगै वजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन् ।
कारागार कार्यालय चितवनमा रहेका तीन सय भन्दा वढि कैदी वन्दीहरु कारागार भित्रै नियमीत काम गर्ने गर्दथे । उनीहरु अहिले फुर्सदिला भएका हुन । लकडाउनका कारण वजारबाट आउने कच्चा पदार्थ नआए पछि र उत्पादीत बस्तुलाई बिक्रि गर्ने ठाउँ नभए पछि कैदीवन्दीहरु काम बिहिन भएका हुन ।
कारागारमा कैदी जीवन बिताउँदै आएका बिहारी चौधरीले लकडाउन अघि महिनाको रु १५ हजार सम्म घर खर्चका लागि पठाउने गर्दथे । अहिले कच्चा पदार्थको अभाव र वजारको अभावका कारण उनले आफ्नो दैनिकि नै फेरीएको बताए । लकडाउनका कारण वाहिरबाट सामान आउन नपाउँदा काम वन्द भएपछि कारागार भित्र गरिने कामहरु पनि वन्द भएकाले कसरी परिवार चलाउने चिन्ता उनमा थपिएको छ । उनले भने “कारागारमा वसेर घर खर्च पठाएको थिँए । घरमा कमाउने कोही छैन । झन चिन्ता थपियो ।”
चौधरी मात्रै होईन कुनै समय मुढा वुन्ने काममानै व्यस्त रहने गरेका कैदी वन्दीहरु अहिले कच्चा पदार्थको अभावका कारण काम विहिन वनेका छन् । लामो समय देखि मुढा कम्पनी चलाउँदै आएका अर्का कैदी अमृत गुरुङ् लकडाउनका कारण कच्चा पदार्थ नपाए पछि भित्र वसेर गरिने कामहरु वन्द भएको बताउँछन् । कच्चा पदार्थको अभाबमा काम नभए पछि शारिरिक परिश्रम हुँदैन त्यसैले खेलमा व्यस्त हुन्छु उनको भनाईछ । उनले भने “कारागार भित्र हुने काम भनेको वजारमा निर्भर हुने हो । अहिले वजार वन्द छ । सामान ल्याउन पाईएको छैन।”
आफ्नो पकेट खर्च पु¥याउनका लागि मुढा कम्पनीमा काम गर्दै आएका सुमन थापा (क) (नाम थर परिवर्तीत) यहाँ बसुन्जेल घरबाट खर्च माग्न नपरेकोमा लकडाउनका कारण काम नभए पछि खर्च चलाउन समस्या भएको बताए ।
लकडाउनका कारण वजारमा कच्चा पदार्थ अभाव भएका कारण भित्र वसेर गरिने काम अहिले बन्द भएको कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार लकडाउन हुनु भन्दा पहिले करिब ३ सय जना कैदी वन्दीहरु आत्मनीर्भर रहेको भए पनि उनीहरु अहिले खेलकुदमा रमाई रहेका छन् । काम नभएकाले कैदी बन्दीमा मनोवल नगिरोस भन्ने उद्देश्यले कैदी बन्दी बिचमानै बिभिन्न प्रतियोगिताहरु गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
यसरी काम गर्ने कैदीवन्दी मध्ये करिब एक सय जनाले यहीको कमाईले घरखर्च समेत चलाउँदै आएका थिए । ती मध्ये अहिले गलैचा वनाउने र बत्ती कात्ने काम वाहेक अन्य सबै वन्द रहेका छन् । गलैचा वनाउने काममा ३२ जना पुरुष र वत्ती कात्ने काममा २५ जना महिलाले वाहेक अन्य सबै खेलकुदमा व्यस्त हुन्छन् ।
लकडाउन अघि यहाँका अधिकांश कैदी वन्दीहरु मुढा, सुन चाँदीको काम, सिलाईकटाई, पर्श बुन्ने काम, साडीको कडाई गर्ने काममा व्यस्त रहने गरेका थिए । कारागार कार्यालय चितवनमा अहिले ५८ जना महिला र ६ सय ८१ जना पुरुष कैदी तथा कन्दी जीवन बिताउँदै आएका छन् । उनीहरुसंग तीन जना आश्रीत बालबालीका समेत रहेका छन् । कार्यालयको क्षमता महिला तर्फ २५ जना र पुरुष तर्फ २ सय ५५ जनाको रहेको छ ।
तपाइँको प्रतिक्रिया