चितवन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नयाँ नक्सा जारी गर्न आफ्नो जोडदार माग रहेको बताएका छन् । उनले आज सामाजिक संजाल फेसबुकमार्फत भनेका छन् ‘ नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।’
गौतमले सरकारले नेपालको नयाँ नक्सा पारित गरेको सम्बन्धमा कसैको देवत्वकरण गर्न आवश्यक नरहेको समेत बताएका छन् । वर्तमान सरकारको यो निर्णय पार्टीको सामूहिक निर्णय पद्धतिबाट भएको उल्लेख उनले बताएका छन् ।
उनले लेखेका छन् ‘वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य रहेको छ ।’