अस्पतालले भन्यो : बिरामीको अवस्था गम्भिर छ, मृत्यु भइसकेको छैन
रुपन्देही – गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर भए पनि मृत्यु नभएको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ ।
अस्पतालले सामाजिक सन्जाल तथा मिडियाहरुले गलत तथा भ्रामक समाचार फैलाएको भन्दै त्यस्ता समाचारको पछि नलाग्न अपिल गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको छ । सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
तपाइँको प्रतिक्रिया