लकडाउनका कारण राजश्व संकलनमा गम्भिर असर, लक्ष्य भन्दा आधा असुली
सूर्यप्रसाद अधिकारी, बैशाख ७, चितवन । लामो समयसम्म भएको लकडाउनको कारण चितवनमा राजश्व संकलनमा गम्भिर असर परेको छ । बिशेषगरी मदिराजन्य बस्तुको उत्पादन र बिक्री ठप्प हुंँदा राजश्व असुलीमा असर परेको हो । फागुन महिनासम्म राजश्व असुलीको अनुपात सन्तोषजनक भएपनि त्यसयता सबै कारोबार ठप्प हुंँदा राजश्व असुली हुन नसकेको आन्तरिक राजश्व कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार बैशाख सम्मको राजश्व असुली ५८ दशमलब २८ प्रतिशत मात्र भएको छ भने कुल आर्थिक बर्ष ०७६, ०७७ को कुल राजश्व संकलन जम्मा ४६ दशमलब ८४ प्रतिशत भएको छ । जसअनुसार हालसम्म आयकर शिर्षकबाट कार्यालयले १ अर्ब ७२ करोड ६६ लाख ५४ हजार राजश्व संकलन गरेको छ । यस शिर्षकमा कार्यालयले २ अर्ब ३३ करोड ३५ लाख ४५ हजार, लक्ष्य राखेको थियो । बहाल करबाट हालसम्म कार्यालयले ४ करोड ४० लाख ५८ हजार राजश्व संकलन गरेको छ । यस शिर्षकमा कार्यालयले बैशाखसम्म ७ करोड ३७ लाख ७० हजार रुपैयांँको लक्ष्य लिएको थियो । यस्तै कार्यालयले व्याज करबाट ११ करोड ६९ लाख ७३ हजार राजश्व संकलन गरेको छ । यस अवधिसम्म कार्यालयले यस शिर्षकबाट १५ करोड ९४ लाख ७० हजार असुली गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले सबैभन्दा बढी अन्तशुल्क कर बाट राजश्व असुली गर्दै आएको छ । यस आर्थिक बर्षको बैशाख सम्ममा १६ अर्ब ७९ करोड ६५ लाख ३१ हजार राजश्व असुली गरेको छ । यस अवधिसम्म कार्यालयले यस शिर्षकमा ३० अर्ब ७९ करोड ७८ लाख ४४ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।
कार्यालयले हालसम्म स्वास्थ्य सेवा कर शिर्षकबाट २ लाख २२ हजार राजश्व असुली गरेको छ । यो अवधिमा यो शिर्षकबाट १ करोड ३२ लाख ७२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । त्यस्तै शिक्षा सेवा करबाट कार्यालयले १ करोड १८ लाख ५८ हजार राजश्व असुली गरेको छ भने यस शिर्षकमा कार्यालयले कुनै राजश्व असुली गर्ने लक्ष्य लिएको छैन ।
यस्तै कार्यालयले मुल्य अभिवृद्धि कर शिर्षकमा भने लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ । हालसम्म १ अर्ब ६२ करोड ४४ लाख ४३ हजार राजश्व असुली गरेको छ । यस अवधिसम्म कार्यालयले यस शिर्षकमा १ अर्ब ४८ करोड ९४ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।
मुल्य अभिवृद्धि करको हकमा जुनसुकै निकाय,संस्थाबाट उद्योगी व्यवसायीले भुक्तानी पाउने बित्तिकै ५० प्रतिशत मुल्य अभिवृद्धि कर राजश्व कार्यालयले पहिल्यै काटेर दिने गरिएकाले लक्ष्य भन्दा बढी कर उठेको कार्यालयका कर अधिकृत कपिल नेपालले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण सबैजसो आर्थिक कारोबार बन्द भएकोले यस आर्थिक बर्षमा विभागले दिएको लक्ष्य भन्दा निकै कम राजश्व असुली हुनेछ । ‘सरकारले दिएको लक्ष्य अहिलेसम्म हेर्दा बार्षिक लक्ष्य जम्मा ४६ दशमलब ८४ प्रतिशत मात्र भएको छ ,उनले भने, लकडाउन अवस्था केही खुकुलो भए राजश्व संकलनलाई थप प्राथमिकता दिनेछौं ।’ राजश्व असुली संग सम्बद्ध सबै उद्योग व्यवसायको कारोबार बन्द भएको र चलेका व्यवसायहरुले पनि कार्यालयसम्म आएर करतिर्ने वातावरण पनि नभएकोले राजश्व संकलनमा कमी आएको नेपालको भनाई छ ।
कार्यालयका प्रमुख शुब प्रसाद रिजाल लकडाउनसंँगै मदिराजन्य बस्तुको कारोबार ठप्प हुंँदा राजश्व असुलीमा ह्रास आएको बताउंँछन। ‘हाम्रो सबैभन्दा राजश्व असुलीको श्रोत मदिराजन्य बस्तु हो उनले भने , अहिले न उत्पादन छ , न बिक्री नै । ’राजश्वको ८० प्रतिशत भन्दा बढी हिस्सा मदिराजन्य बस्तुबाट संकलन हुन्छ ।’
सरकारले हरेक उद्योगी व्यवसायीलाई हाललाई लाग्ने विलम्ब जरीवाना र व्याज छुटगरेसंँगै राजश्व संकलनमा कमी आएको रिजालले बताए । यस समयमा मदिराजन्य बस्तुको बिक्री राम्रै हुने गरेपनि यस बस्तुको ढुवानीमा अवरोध भएको र माग भएको स्थानसम्म नपुग्दा पनि राजश्व संकलनमा असर परेको उनको भनाई छ । आर्थिक बर्ष ०७५ ÷०७६ को लागि ३० अर्ब लक्ष्य दिएकोमा सोही अनुसार लक्ष्य पुगेको थियो भने यस आर्थिक बर्षको लागि विभागले कार्यालयलाई ४३ अर्ब ३८ करोड ७७ लाख राजश्व संकलन गर्ने लक्ष्य दिएको छ ।
तपाइँको प्रतिक्रिया