भरतपुरमा थप १०१ जनाको कोरोना परीक्षण हुँदै
चितवन – भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा थप १०१ जनाको कोरोना भाइरस परीक्षणको लागि पठाइएको छ । चितवन र आसपासका जिल्ला १०१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको हो ।
आज (मंगलबार) भरतपुर अस्पतालबाट २० जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ । यस्तै भरतपुर कोरोना बिशेष अस्पतालबाट २१, हेटौंडाबाट ४७ र अन्य १३ गरी १०१ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जनकारी दिए ।
यसैबीच भरतपुर अस्पतालको आइसियुमा उपचारको क्रममा मृत्यु भएका रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षिय एक वृद्दको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार राती अस्पतालमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको थियो । उनी सँगै अस्पतालबाट परीक्षणको लागि पठाइएको थप २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
तपाइँको प्रतिक्रिया