बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोनामुक्त देश बनाउन सकिएन : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरुलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् ।
विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरुका कारण बाहिरबाट आउने क्रम रोक्न नसकिएको बताए ।
तपाइँको प्रतिक्रिया