वडा सदस्यको मृत्युको शोकमा भरतपुर महानगरपालिकामा बिदा

एटुजेड समाचार

चितवन – चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए ।

महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. ४ का जनप्रतिनिधि पाठकको उपचारको क्रममा सोमवार चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी जण्डिसका बिरामी थिए । पाठकको सोमबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु